निर्मला पन्तलाई न्याय दिन विश्वप्रकाश शर्माले गरे सरकारको ध्यानाकर्षण

काटमाठौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्मला पन्तलाई न्याय दिन सरकारको ध्यानाकर्षण गरेका छन् । बलात्कारपछि हत्या गरेको ३ वर्ष हुदा पनि निर्मला पन्तले न्याय नपाएको भन्दै सरकारको ध्यानाकर्षण गरेका हुन् ।

 

बालिका र महिला उपर हिंसा, बलात्कार र हत्याको अनेक घटना देशले जो व्यहोर्दै आयो र त्यो नियन्त्रण गर्न राज्यको कठोरतासँगै राजनैतिक द्वन्द्व भन्दामाथि सामाजिक रुपान्तरणको साझा अठोट र अभियान जरुरी भएको उनले बताए ।

 

उनले भने, ‘प्रतिपक्षमा छंदा प्रश्न थिए हामीसंग । सत्तारूढ बनेपछिको समयले जवाफ माग्छ । सरकार भर्खर बनेको छ, अब गहन दायित्व निभाउन बिशेष गम्भीरता अपेक्षित छ ।’

 

कञ्चनपुरकी पन्तको ३ वर्षअअघि बलात्कारपछि हत्या भएको थियो । तर, उनको बलात्कार र हत्यारा अझैं पक्राउ परेको छैन ।