शैक्षिक माफिया मन्त्री बन्नु भनेको व्यवस्था नै खराब हुनु हो- अध्यक्ष गजुरेल

काठमाडौँ । स्वास्थ्य , शैक्षिक क्षेत्रका माफिया उमेश श्रेष्ठ मन्त्री बन्नु भनेको व्यवस्था नै खराब हुनु हो भन्दै अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले त्यसको विरोध गरेका छन् । मंगलबार एक अन्तरवार्तामा अहिलेको संसदीय व्यवस्था खराब र माफियाहरू पाल्ने थलो भएको राय व्यक्त गर्दै सो कुराको विरोध गरेका हुन् ।

 

साउन ९ गते प्रधानमन्त्री शेरबहादुर देउवाले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका थिए । श्रेष्ठलाई मन्त्री बनाएर दलाल, भ्रष्ट माफियाहरूको संरक्षण गरेको भन्दै चारैतिरबाट विरोेध भइरहेको छ ।

 

साथै, अध्यक्ष गजुरेलले लोकतान्त्रीक व्यवस्थाको नाममा लुट्तन्त्रको विकास भएको र त्यसको अन्त्यका लागि लोकतान्त्रीक व्यवस्था परिवर्तन हुन आवश्यक रहेको जिकिर गरे । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संकेत गर्दै कोहि सरकारमा जान र मन्त्री पद खानका लागि मरिहत्य गरि रहेको आरोप लगाएका थिए ।

 

वास्तविक, लोकतन्त्रका लागि सबै नेपाली जनताहरूलाई एकजुट गरेर संर्घषमा उतार्ने अध्यक्ष गजुरेलले चेतावनी दिए । त्यस्तै भ्रष्टचारी , दलाली र माफियाहरूको विरुद्धमा अखिल क्रान्तिकारी सधै अगाडि रहने उनको भनाइ थियो ।