आजदेखि खुल्यो मैलुङखोलाको आइपिओ

काठमाडौँ । आजदेखि मैलुङखोला जलविद्युत आयोजनाको प्राथमिक सेयर (आइपिओ) बिक्री खुल्ला भएको छ। कम्पनीको आइपिओमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ। अंकित मूल्य १ सयका दरले कम्पनीले कुल ७ लाख ३६ हजार २ सय ८६ कित्ता सेयर निष्कासन गर्न लागेको हो।

 

यसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछिको बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ। न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।