माओवादीबाट एमालेमा प्रवेश गरेका नेताको मुद्दा दीपककुमार कार्कीको इजलासमा

काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका नेताहरूले सांसद पद कायम गराई कामकाज गराई पाउँ भन्दै सर्वोच्चमा हालेको रिट दीपककुमार कार्कीको एकल इजलासमा परेको छ ।

 

आफूहरु एमालेमा प्रवेश नगरेको र माओवादी केन्द्रमै रहेको भन्दै बुधबार पूर्व माओवादी नेताहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी तथा दधिराम न्यौपाने लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

 

बिहीबारका लागि पेसीमा चढेको उक्त रिट वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा परेको छ । उक्त रिटमाथि बिहीबार सुनुवाई भई अन्तरिम आदेश दिने वा नदिने निर्णय हुनेछ ।