नेपाल र नेम्वाङबिच भेटवार्ता ,यस्तो भयो दुइ नेताबिच सहमति

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता सुवास नेम्वाङले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन् । भेटमा नेम्वाङले पार्टी एकता प्रक्रिया निष्कर्षमा पुर्‍याउन आग्रह गरेका छन् ।

 

 

 

यसका लागि उनले नेपाललाई अध्यक्ष ओलीसँग भेट्न सुझाव समेत दिएको बताईन्छ । सुवास नेम्वाङ एमालेको विवाद मिलाउन गठित कार्यदलमा अध्यक्ष केपी ओलीको तर्फबाट संयोजक समेत थिए ।

 

 

कार्यदलले पेश गरेको १० बुँदे सहमतिलाई टुंगोमा पुर्‍याउन नेता नेपाललाई आफूले आग्रह गरेको समेत नेम्वाङले बताए ।