थप ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टी, १६ जनाको मृत्यु

काठमाडौँ। देशभर थप ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५५५ पीसीआर परीक्षणमा २ हजार ३३५ जना र ४६८७ एन्टिजेन परीक्षणमा १ हजार ३० जना गरी ३ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको हो ।

 

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ र १ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् ।

 

बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९० हजार ३४२ पुगेको छ । तीमध्ये ९ हजार ८०७ जनाको मृत्यु भएको छ भने ६ लाख ५० हजार ४४५ जना संक्रमणमुक्त भएका छन् ।