प्रचण्ड–नेपाल भेटवार्ता : सरकारमा सहभागिताबारे छलफल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेट भएको छ । प्रचण्ड र नेता नेपालबीच आइतबार बिहान कोटेश्वरमा भेट भएको हो ।

 

भेटवार्तामा प्रचण्डले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरिएको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एमालेको माधव पक्षलाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् ।

 

तर, नेता नेपालले पार्टी एकताको प्रयास भइरहेकाले सरकारमा सहभागी नहुने पक्षमा छन् । यद्यपी प्रधानमन्त्री देउवालाई साउन ३ गते विश्वासको मत दिएका कतिपय सांसदहरु सरकारमा जानुपर्ने पक्षमा उभिएका छन् ।