नेपालमा थप २६२४ जनामा कोराना संक्रमण पुष्टि,थप २० जनाको मृत्यु

काठमाडौं। नेपालमा थप २ हजार ६२४ जनामा कोराना संक्रमण पुष्टि भएको छ। ८ हजार ६ सय ६७ पीसीआर परिक्षणमा १ हजार ९ सय ४७ र ४ हजार ९ सय ६ एन्टीजेन परिक्षणमा ६७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 

 

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ५ हजार १९० पुगेको छ। त्यस्तै कोभिडका कारण थप २० जनाको मृत्यु भएको छ। योसँगै नेपालमा १० हजार २ सय ५९ जनाले कोभिडका कारण ज्यान गुमाएका छन्।

 

 

नेपालमा थप १ हजार ३ सय २० संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ८० हजार ८१५ संक्रमित कोभिडमुक्त भएका छन्। हाल नेपालमा ३९ हजार ४०५ सक्रिय संक्रमित आइसोलेन र ४११ जना क्‍वारेन्टाइनमा छन्।