राजधानी काबुलबाहेक अफगानिस्तानका सबै मुख्य सहर तालिबानको कब्जामा

काठमाडौँ । तालिबान लडाकुहरूले अफगानिस्तानको राजधानी काबुलबाहेक सबै मुख्य सहरमा कब्जा जमाएका छन् ।

 

आइतबार बिहानै लडाकुहरूले पूर्वी सहर जलालाबाद नियन्त्रण गरेका थिए । लडाकुहरूले अर्को महत्त्वपूर्ण उत्तरी सहर मजार-ए-शरिफमाथि कब्जा जमाएको भोलिपल्ट पछिल्लो सफलता हासिल गरेका हुन्।

 

सरकारी फौजहरूको विफलतासँगै राष्ट्रपति अशरफ गनीको राजीनामा गर्न दबाव बढिरहेको सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै बिबिसीले जानकारी दिएको छ ।

 

सरकारको नियन्त्रणमा रहेको राजधानी काबुल कब्जा गर्न तालिबान लडाकुहरू तीव्र रूपमा अगाडि बढिरहेका छन् ।