देशभर ३ हजार २७४ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार २७४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २७ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएअनुसार पछिल्लो २४ घण्टामा १९२९ जना संक्रमणमुक्त भएका छन् ।

 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट गरिएको परीक्षणमा ७ लाख ३७ हजार २९४ पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७६ हजार ८३३ जना पुगेको छ । संक्रमितमध्ये ६ लाख ८७ हजार ६९ पुगेको छ ।

 

यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ३५४ पुगेको छ । हाल देशभर ३९ हजार ८७१ जना सक्रिय संक्रमित रहेका छन् ।