पदमुक्त नगर्न माग गर्दै नेपाल पक्षका १४ सांसद संसद सचिवालयमा

काठमाडौँ । नेकपा एमालेका १४ सांसदले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीअनुसार आफूहरुलाई पदमुक्त नगर्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएका छन् ।

 

बुधबार अर्याल होटेलमा बसेको सो समूहको अनौपचारिक बैठकपछि उक्त कारबाही अवैधानिक भन्दै कारबाही रोक्न संयुक्त निवेदनसहित संसद् सचिवालयमा जाने निष्कर्षमा पुगेको हो ।

 

उनीहरूले संसद् सचिवालयलाई बुझाउन तयार गरेको पत्रमा आफूहरूमाथिको कारबाही गैर कानुनी र पार्टीको विधान विपरीत रहेको उल्लेख छ ।