कालिकोटमा जीप दुर्घटना : चालकको मृत्यु , ११ जना घाइते

कालिकोट । कर्णाली करिडोर अन्तर्गत सान्नीत्रीवेणी–२ को आम्तडामा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।शान्तिघाटबाट तिजेगडाका लागि छुटेको क१ज ३२ नम्बरको जीप दुर्घटना हुँदा जीपका चालक बिक्रम गिरीको मृत्यु भएको हो ।

 

 

उक्त जीपमा यात्रा गरिरहेका ११ जना यात्रु घाइते भएका छन् । घाइते हुनेमा राष्कोट ९ घर भएका नरपति लुवार, लक्ष्मी बराल, जगत तिरुवा, प्रेम बराल, टेक लुवार, र राष्कोट नगरपालिका वडानंं ७ का कमलराज शाही रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

 

त्यस्तै सान्नि त्रिवेणी गाउपालिका–६ का बदे संज्याल, रन्त प्रसाद संज्याल, सुन्दर संज्याल, तिलक प्रसाद संज्याल, र पँचालझरना गाउँपालिका–९ की अनिता शाही रहेका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । अन्य ६ जनाको अवस्था भने सामान्य रहेको छ ।