१३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप १३ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भने कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२५९ पीसीआर परीक्षणमा १२१४ जना र ३०३८ एन्टिजेन परीक्षणमा १७४ जना गरी १३८८ जनामा संक्रमण पुष्टि भएको हो ।  पछिल्लो २४ घण्टामा २२६० जना संक्रमणमुक्त भएका छन् ।