उपत्यकामा आइतबार थप ४७८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । काठमाडौं उपत्यकामा आइतबार थप ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३१२, ललितपुरमा ११४ र भक्तपुरमा ५२ जना संक्रमित थपिएका हुन्।

 

 

यीसहित हाल उपत्यकामा ८ हजार ९७४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। काठमाडौं जिल्लामा ५ हजार २९८, भक्तपुरमा १ हजार ३५१ र ललितपुरमा २ हजार २२५ जना सक्रिय संक्रमित छन्। हालसम्म काठमाडौं जिल्लामा २ हजार ८५, भक्तपुरमा ४१३ र ललितपुरमा ६४० जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ।