आज दिउँसो बागमती र सुदुरपश्चिम प्रदेशसहित यी प्रदेशमा हल्का देखि भारी वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।हाल नेपालमा मनसुनी वायुको प्रभाव कायमै रहेको महाशाखाले जनाएको छ।

 

 

 

हाल मौसमको अवस्था देशभर सामान्य देखि पूर्ण बदली रहेको छ।। गण्डकी प्रदेश, लुम्बिनि प्रदेश कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

 

 

 

आज दिउँसो देशको अधिकांस भूभागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनि प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

 

 

 

आज राती देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

देशको धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना साथै लुम्बिनि प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

 

 

 

पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।