भवानी मा. वि.धुलाचौर बाजुरामा विद्यार्थीलाई माक्स वितरण

काठमाडाैँ । बाजुराको हिमाली गाउँपालिका स्थित भवानी माध्यमिक विद्यालय धुलाचौरमा विद्यार्थीलाई माक्स वितरण गरिएको छ ।

 

 

कोभिडको प्रकोप बढिरहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाको स्वास्थ्य शाखाको सहयोगमा माक्स वितरण गरिएको प्रधानाध्यापक दल बहादुर मल्लले बताए ।

 

 

स्थानीय सरकार, शिक्षा समन्वय समिति र अभिभावकहरूको बैठक बसेर गाउँपालिकाभित्र कोभिडको अवस्था नरहेकोले स्वास्थ्य मापदण्ड अपनाउदै विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि पालिका भित्रका सम्पूर्ण विद्यालयमा भाद्र ८ गतेदेखि भौतिक रूपमै पठनपाठन सञ्चालन भइरहेको छ ।