नेपालमा थप २ हजार ५२ जना कोरोना संक्रमित फेला

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ५२ जना कोरोना संक्रमित फेला परेका छन् । 

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,६१२ पीसीआर परीक्षणमा १,६४८ र ४,३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २,०५२ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३,०३० रहेको छ भने २० जनाको मृत्यु भएको छ ।