पपुवा न्युगिनीविरुद्ध बिक्रम सोबले लिए पहिलो विकेट

काठमाडौं । एकदिवसीय खेलमा डेब्यू गरेका नेपाली टिमका तीव्र गतिका बलर विक्रम शोवले आफ्नो पहिलो बलमै विकेट लिएका छन्। पपुवा न्युगिनी (पिएनजी) विरुद्ध को खेलमा शोवले आफ्नो पहिलो स्पेलको पहिलो बलमै विकेट लिएका हुन्।

 

 

ओमानमा भइरहेको खेलमा शोवले दोस्रो ‌ओभरको पहिलो बलमा पिएनजीका टोनी उरालाई बोल्ड गरेका हुन्। सो ओभरमा शोवले मेडन विकेट राख्न सफल भए। यस अघि नेपालले टस हारेर फिल्डिङ पाएको थियो । दोस्रो ओमर जारी रहँदा पिएनजीले १ विकेट गुमाएर ३ रन जोडेको छ ।

 

 

ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलसँगै तीव्र गतिका बलर विक्रम सोबले पिएनजीविरुद्ध सिनियर टोलीका लागि डेब्यू गरेका छन् । नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी र बिनोद भण्डारीलाई आराम दिइएको छ । दुई खेलको शृंखलामा आज पहिलो खेल भइरहेको छ । दोस्रो खेल शुक्रबार हुनेछ ।

 

 

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले पीएनजीसँग खेल्न लागेको हो । नेपालले त्रिदेशीय शृंखला भदौं २८ गते अमेरिका, भदौं २९ गते ओमान, असोज १ गते अमेरिका र असोज २ गते ओमानसँग खेल्नेछ ।

 

नेपालको टोली

 

ज्ञानेन्द्र मल्ल९कप्तान० कुशल भुर्तेल, आसिफ शेख  (विकेटकिपर), आरिफ शेख, शरद भेषावकर, रोहित कुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, पवन सरार्फ, विक्रम सोब र सन्दीप लामिछाने ।