सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा आज पनि स्थिर सोही मूल्यमा कारोबार भइरहेको छ ।

 

 

त्यस्तै, छापावाल सुन प्रति १० ग्राम ७८ हजार ३६० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्रामको मूल्य ७७ हजार ९३० रुपैयाँ कायम भएको छ ।

 

 

आज चाँदीको मूल्य पनि स्थिर छ । महासंघले चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ कायम गरेको छ । १० ग्राम चाँदीको मूल्य एक हजार ५४ रुपैयाँ ५० पैसा तोकिएको छ ।