एमसीसीकी उपाध्यक्ष सुमारको पुत्ला दहन

काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमार, प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको पुत्ला दहन गरेका छन् ।

 

 

 

शुक्रबार कीर्तिपुरस्थित त्रिवि गेटअगाडि विद्यार्थीहरुले एमसीसीकी उपाध्यक्ष र एमसीसीको पक्षमा बोल्ने नेपाली नेताहरुको पुत्ला बनाएर दहन गरेका हुन् । विद्यार्थीहरुले राष्ट्रघाती सम्झौता र नेपाली लेन्डुपेहरुविरुद्ध उत्रिने भन्दै विरोध प्रदर्शन गरेका थिए ।

 

 

 

बिहीबार बिहान विमानमार्फत काठमाडौं आइपुगेको एमसीसी टोली हरेक राजनीतिक दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेट गरिरहेको छ । टोली आएको दिनदेखि ४ दिनसम्म नेपाल भ्रमणमा रहेनछ।

 

 

प्रधानमन्त्री देउवा एमसीसी जसरी पनि संसदबाट पारित गर्ने तयारीमा छन् भने सत्ता गठबन्धनकै माओवादी केन्द्र र एकीकृत समाजवादी भने एमसीसीलाई जस्ताको तस्तै स्वीकार गर्न नसकिने अडानमा छन्।