सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा हिजोको तुलनामा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ । हिजो ९बिहीबार० प्रतितोला ९० हजार ६०० रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य आज ९० हजार ७०० रुपैयाँ पुगेको छ ।

 

 

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला मा १०० रुपैयाँ बढेर आज ९० हजार २९० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १२१५ रूपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।