चितवनमा एमसीसी परियोजना विरुद्धमा जिल्ला प्रशासन घेराउ

चितवन। संयुक्त संघर्ष समिति चितवनको आयोजनामा एम.सी. सी. परियोजना खारेजीको विरुद्धमा जिल्ला प्रशासन घेराउ कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा विभिन्न १२ दलका सयौं नेता तथा युवा कार्यकर्ताको उपस्थिति रहेकाे थियोे ।

 

 


कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला ईन्चार्ज घननाथ सापकोटा , ने.क.पा. का जिल्ला ईन्चार्ज सन्देश पौडेल ,संघर्ष समितिका संयोजक फणीन्द्र आचार्य , विद्धार्थी नेता अखिल (क्रान्तिकारी)जिल्ला अध्यक्ष कृष्ण सुनार लगायतका नेताहरुको उपस्थिति रहेकाे थियोे।

 

 

कार्यक्रममा अखिल (क्रान्तिकारी) नारायणी व्युरो संयोजक प्रकाश क्षेत्री, संघर्ष समितिका दिपेन्द्र बास्तोलालगायतले संबोधन गर्दै यो देश बेच्न संझौता गर्नेलाई जनताको तागतले परास्त गर्ने चेतावनी दिए।

 

आज संघीय सांसदको घर अगाडि जनप्रदर्शन तथा ब्यानर राखिने कार्यक्रम रहेको संयुुक्त संघर्ष समितिका सचिव परशुराम पौडेल अजिवले जानकारी दिएका छन्।