बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस

काठमाडौं। बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ६ बजेर १३ मिनेटमा यहाँ धक्का महसुस गरिएको हो।

 

 

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार ५ दशमलब ३ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु भारतको उत्तराखण्ड प्रदेशको उत्तराकाशी क्षेत्र आसपास रहेको छ।

 

भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।