प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठकको काम कारवाही सुरु भएलगत्तै एमाले सांसदहरुले नाराबाजी थालेका थिए ।

 

सांसदहरुले नाराबाजी गर्न थालेपछि सभामुखले आफ्नो अधिकारका लागि बोल्दा अरुको अधिकार हनन् नगर्न भन्दै पटक–पटक आग्रह गरेका थिए । सभामुखको आग्रहलाई बेवास्ता गर्दै सांसदहरुले नाराबाजी जारी राखेका थिए । त्यसलगत्तै सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

 

नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ ।