अफगानी महिलाहरू विस्तारै काममा फर्किदै

एजेन्सी । तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि विभिन्न क्षेत्रमा कार्यरत महिलाहरूले सुरक्षाको कारण जनाएर जागीर छोड्न वाध्य छन् । तर राजधानीको विमानस्थलमा कार्यरत रबिया जमालले भने करिब एक महिनापछि साहसिक निर्णय लिदै कामलाई निरन्तरा दिएकी छिन् ।

 

 

कट्टरपन्थी इस्लामहरूले भने महिलाहरूले सुरक्षाका कारण घरमै बस्नुपर्ने दबाब दिदै आएका छन् तर तीन सन्तानकी आमा ३५ वार्षिया रबिया भने कामलाई निरन्तरता दिने निधोमा पुगेकी छिन् ।

 

 

विमानस्थलमा कार्यरत मध्ये ६ जना महिलाहरू विमानस्थलको मुख्य प्रवेशद्वारमा गफ गर्दै शनिबार हर्षित मुद्रामा यात्रुहरूको प्रतीक्षामा थिए।