संसद बैठक भदौ २९ गतेसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आगामी बैठक भदौ २९ गते मंगलबार बस्ने भएको छ । प्रतिपक्षी दल नेकपा एमालको निरन्तर संसदमा अवरोधका कारण अघि बढ्न नसकेको बैठक आइतबार पनि अघि बढ्न सकेन ।

 

 

आइतबारको दोस्रो चरणको बैठकमा ‘पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद’ भन्दै एमाले सांसदहरुले नाराबाजीलाई झन् चर्काइरहे । बैठक प्रारम्भ नहुँदै एमाले सांसदहरु नाराबाजीमा उत्रिएका थिए ।

 

 

सभामुखले बैठकलाई पछि सभामुख अग्नि सापकोटाले संवादका लागि भनेर १५ मिनेट बैठक स्थगन गर्ने जानकारी दिएका थिए । त्यसपछि सभामुखले बैठक स्थगित गरेका छन् ।