प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि एमालेका सांसदको नाराबाजी

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा पनि नेकपा एमालेका सांसदले नाराबाजी गरेका छन्।

 

 

पहिलो बैठक बसेर १५ मिनेटका लागि स्थगित भएको बैठक पुनः सूचारू भए लगत्तै बैठकमा एमाले सांसदले नाराबाजी गरिरहेका छन्। संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फूटाउने षड्यन्त्र मुर्दावाद लगायतका नारा एमाले सांसदहरुले लगाइरहेका छन्।

 

 

यसअघि बैठक खुलाउन सभामुख अग्नि सापकोटाको नयाँ बानेश्वरस्थित संसद भवनको कार्यकक्षमा एमालेका प्रतिनिधिसँग छलफल गरेका थिए। छलफलमा सभामुख सापकोटासँगै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र एमालेका सांसद खगराज अधिकारी सहभागी थिए।

 

 

त्यस्तै सरकारका तर्फबाट कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की बैठकमा सहभागी रहेको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए। १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै उनीहरूले आज पनि नाराबाजी गरेका हुन्।