संसद अवरोध अन्त्य गर्न सभामुखले बोलाए सर्वदलीय बैठक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद अवरोध अन्त्य गर्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि सभामुख सापकोटाले सोमबार दिउँसो साढे २ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाएका हुन् ।

 

 

आफूले गरेको १४ सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा नेकपा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ ।

 

 

सभामुख सापकोटाले आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र नेकपा एमालेका सांसदहरुसँग छलफल गरेका थिए । छलफलका क्रममा एमालेले सभामुखबाट विश्वासको वातावरण नबनाएसम्म संसद् अवरोध कायमै राख्ने अडान लिएका थिए ।