नेपालमा लगातार दोस्रो दिन १ हजारभन्दा कम संक्रमित फेला

काठमाडौँ । पछिल्लो समय ९११ जना कोरोना संक्रमित फेला परेका छन् । नेपालमा लगातार दोस्रो दिन १ हजारभन्दा कम संक्रमित फेला परेका हुन् ।

 

 

पछिल्लो २४ घण्टामा कुल ११ हजार १८ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । यस अवधिमा १ हजार ४२३ जना कोरोनाबाट मुक्त भएका छन्।

 

 

थप १३ जनाको संक्रमणका कारण मृत्यु पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९४९ पुगेको छ। आइतबार थपिएका संक्रमितमध्ये ३५७ जना काठमाडौं उपत्यकाका छन्।