नमस्ते पे एप्स डाउनलोड गर्दा ५०० एमवि डाटा निशुल्क,यस्ता छन् अन्य सुविधाहरू

काठमाडौं। नेपाल टेलिकमको सहायक कम्पनी नेपाल डिजिटल पेमेन्ट कम्पनीले नमस्ते पे को नाममा मंगलबार देखि शुरु भएको डिजिटल भुक्तानी सेवा नमस्ते पे एप्स डाउनलोड गर्दा ५०० जिवि डाटा निशुल्क पाइने भएको छ ।

 

 

डाउनलोड गरी पहिलो पटक सरकारी लगानीमा निर्माण गरिएको डिजिटल पेमेन्ट सिष्टमबाट अब प्रयोगकर्ताले नमस्ते पे को मोबाइल एप, वेबसाइट र यूएसएसडी कोडमार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

 

 

यूएसएसडी कोडको सुविधाका कारण प्रयोगकर्ताले इन्टरनेट नभएको अवस्थामा समेत डिजिटल भुक्तानी गर्न सक्ने जनाइएको छ ।

 

 

यति मात्र होइन, नमस्ते पेले नेपालमै पहिलो पटक इन्टरनेट नचल्ने मोबाइलबाट समेत वालेटको खाता खोल्ने र भुक्तानी गर्ने सुविधा ल्याएको छ ।

 

 

 

यसरी खोलिएको खाताबाट ५००० रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ । यस बाहेक नमस्ते पे को सेवा प्रयोग गर्न सकिने गरी मोबाइल एप समेत सार्वजनिक गरिएको छ ।

 

 

 

 

हाललाई एन्ड्रोइडमा मात्र उपलब्ध यो एप अबको केही सातामा आईओएसमा समेत उपलब्ध हुने कम्पनीका कार्यकारी निर्देशक कृष्णप्रसाद भण्डारीले जानकारी दिए । कम्पनीको वेबसाइट समेत भोलि बुधबारबाट भुक्तानीका लागि तयार हुने बताइएको छ ।

 

 

 

नमस्ते पेबाट हाललाई खानेपानी, बिजुली र मोबाइल टपअप गर्न सकिने सकिन्छ । तत्कालका लागि नेपाल टेलिकमको टपअप सुविधामात्र रहेकोमा एनसेल र स्मार्ट टेलिकम लगायतको भुक्तानी कार्य समेत एपमा थप्ने तयारी भइरहेको छ ।