चलचित्रलाई चलायमान बनाउन प्रचण्डसंग आग्रह

काठमाडौं। माओवादी अध्पक्ष पुष्पकमल दाहाल प्रचण्डसंग नेपाली चलचित्र क्षेत्रको प्रतिनिधि मण्डलले भेटी नेपाली चलचित्रले अहिले भोग्नु परिरहेको विविध समस्या वारे अवगत गराएको छ।

 

 

 

चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहालको नेतृत्वमा गएको सो टोलीमा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी , नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खडकाका साथै अन्य कलाकार र प्राविधिक थिए।

 

 

 

टोलि प्रचण्ड निवास खुमलटार पुगेर नेपाली चलचित्र क्षेत्रलाई चलायामान बनाउनका लागि आग्रह गरेको थियो।

 

 

 

यसैगरी चलचित्रकर्मीका लागि लागि राहत प्याकेजको ब्यवस्थाका लागि सम्बन्धित निकायको ध्यान आकृष्टका लागि पनि अनुरोध गरिएको थियो।