आज यी क्षेत्रमा पानी पर्ने सम्भावना

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका पहाडी भेगमा आंशिक धेरै खुला, थोरै बादल देखि सामान्य ७५ प्रतिशत बादल, २५ प्रतिशत खुला सम्म बदली र तराईमा आंशिक बदली छ।

 

 

आज दिउँसो बिहान १०र११ बजेदेखि साँझ ६ बजेसम्म मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। साथै केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

 

यस्तै राति देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। साथै केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

 

 

यस क्रममा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।