एकीकृत समाजवादीका यी नेताहरु बने पदाधिकारी

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)को पहिलो केन्द्रीय कमिटी बैठकले नेताहरूको कार्यविभाजन गरेको छ। तीनदिन सम्म चलेको बैठकले पदाधिकारीसमेत चयन गरेको छ।

 

 

अध्यक्ष, वरिष्ठ नेता, नेतासहित १८ जनाको पदाधिकारी बनाइएको छ। पदाधिकारीमा केही नयाँ अनुहार पनि समेटिएका छन्। उपमहासचिवमा रहेका प्रकाश ज्वाला, गंगालाल तुलाधर र विजय पौडेल नयाँ अनुहार हुन्।

 

 

युवा पुस्ताबाट जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्रीलाई सचिवको जिम्मेवारी दिइएको छ। प्रदेश १ को संसदीय दलको नेतासमेत रहेका राजेन्द्र यसअघि भने सचिवमा समेटिएका थिएनन्।

 

 

त्यस्तै उपाध्यक्षमा केदार न्यौपाने, घनेन्द्र बस्नेत थपिएका छन्। त्यस्तै सचिवमा रहेका केशवलाल श्रेष्ठलाई पनि उपाध्यक्ष बनाइएको छ। श्रेष्ठको ठाउँमा राजेन्द्र राईलाई ल्याइएको हो।

 

यी हुन् पदाधिकारीहरु

 

अध्यक्ष- माधवकुमार नेपाल, वरिष्ठ नेता- झलनाथ खनाल, नेता- मुकुन्द न्यौपाने, उपाध्यक्ष- राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथप्रसाद साह, जयन्ती राई, महासचिव डा.बेदुराम भुसाल, उपमहासचिव- प्रकाश ज्वाला, डा.गंगालाल तुलाधर, डा.विजय पौडेल, सचिव- नागेन्द्रप्रसाद चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्री रहेका छन्।