टोपबहादुर र बादललाई धेरै मन्त्री बनाएँ, उही धेरै भगौडा भए : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूमाथि आक्रोश पोखेका छन् ।

 

 

वाईसीएलको पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘मैले जसलाई धेरै मन्त्री बनाएँ, त्यही धेरै भगौडा भएर निस्क्यो । त्यो टोपबहादुरलाई मैले बनाएँ ।

 

 

त्यो भाग्यो । बादललाई बनाएँ । सरकारको नेतृत्व तपाई गर्नुस् भनेर बनाएको त हामीले हो नि । अहिले हेर्नुस् त भगौडा बनेर गयो ।’ प्रचण्डले यसमा आफ्नो पनि केही कमजोरी रहेको भन्दै अरूलाई दोष नदिने पनि उल्लेख गरे ।

 

 

‘अब अरूलाई केही भन्दिनँ । बिग्रेको मै हो । म अब सच्चिन्छु । अब तपाई के गर्नुहुन्छ गर्नुस् । म अरूलाई भन्दा आफैलाई करेक्सन गर्नुपर्छ,’ उनले भने, ‘अब कति बाँचिन्छ बाँचिन्छ । म ज्यान फालेर लाग्छु । समाजवादी क्रान्ति ल्याउन । बुढेसकालमा माओले जस्तै म पनि क्रान्ति गर्छु । तपाईहरू साथ दिनुस् ।