साल्ट ट्रेडिङबाट उपभोक्ता ठगिदै,समयमै चिनी ढुवानी नगर्दा सर्वसाधारण मर्कामा

काठमाडौं।साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले समयमै चिनी ढुवानी नगर्दा उपभोक्ता मर्कामा परेका छन् । साल्ट ट्रेडिङले चिनी उपलब्ध गराउन नसकेपछि प्रदेश राजधानी वीरेन्द्रनगरका उपभोक्ता महँगोमा चिनी किन्न बाध्य छन् ।

 

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले व्यवसायीसँगकाे मिलेमाेतमा चिनी अभाव गरेकाे हुन सक्कने स्थानीय उपभाेक्तालेहरूले बताएका छन्।

 

चार्ड पर्वकाे बेला यसरी दैनिक अति आवश्यक सामान अभाव गर्नु नै व्यवसायीसँग साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकाे मिलेमाेताे रहेकाे उपभाेक्ताहरूले बाताउने गरेका छन्।   

 

 

त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकाे केन्द्रिय कार्यलय काठमाडाैंमा पनि उपभाेक्ताहरूले भने जतिकाे सामान नपाएकाे गुनासाे गरेका छन्। 

 

 साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकाे केन्द्रिय कार्यलयकाे त यस्ताे हालत छ,भने अन्य शाखाहरूकाे कुन हालत हाेला भन्ने कुराहरूमा उपभाेक्ताहरूकाे दुइमत रहने कुरै भएन । 

 

 

यसरी उपभाेक्तालाइ कर्पाेरेशनले चार्ड पर्वका बेला भनेजति सामान पाइन्छ भन्दै ठग्ने गरेकाे पाइएकाे छ। र सरकारी स्वामित्वकाे कार्यलय भए  केही कर्मचारीका कारण साल्ट ट्रेडिङ कर्पोरेशन बदनाम हुँदै आएकाे छ।   

 

 

त्यस्तै सरकारी स्वामित्वको यस कार्यालयले चिनी प्रतिकेजी रु ७९ मा उपभोक्तालाई बिक्री गर्दै आएकाे थियाे । अहिले बजार मूल्य प्रतिकेजी रु १०० मा उपभाेक्ताहरूले किन्न बाध्य भएका छन्।  

 

 

राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्चका प्रदेश अध्यक्ष विन्दुलाल रेग्मीले सरकारी कम्पनीको गोदाममा चिनी नभएपछि उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको गुनासो गरेका छन् ।

 

 

 

सरकारी गोदाममा चिनी नभएको मौका छोपेर व्यवसायीले आफूखुसी मूल्य बढाएका छन्” उनले भने, “दशैँ नजिकिँदैछ,विपन्न उपभोक्ताले बजारको महँगो चिनी किनेर चाडपर्व मनाउन सक्ने अवस्था छैन, यस्तो अवस्थामा सरकारी कम्पनीले छिटो ढुवानीको प्रक्रिया अघि बढाउनुपथ्र्यो त्याे अझै हुन सकेकाे छैन।

 

 

प्रभावकारी बजार अनुगमन नहुँदा व्यवसायीले खाद्यवस्तुको मूल्य मनपरि बढाएको उनको भनाइ छ ।लिमिटेडका निमित्त कार्यालय प्रमुख पारसनाथप्रसाद चौधरीले चिनी ढुवानीका लागि अर्थ मन्त्रालयले खरिद स्वीकृति नदिँदा भारतबाट चिनी आयात हुन नसकेको जानकारी दिए ।

 

 

 

 

उनका अनुसार कार्यालयले नुन प्रतिकेजी रु १८ मा बिक्री गर्ने गरेको छ । अघिल्ला वर्षहरुमा दशैँ–तिहारमा सहुलियतमा नुन र चिनी बिक्री गर्दै आएको कार्यालयले यसपटक चिनीको ढुवानी नभएको र गोदाममा पनि मौज्दात नभएको जनाएको छ ।

 

 

 

यही असोज ४ गतेदेखि कार्यालयले आफ्नै गोदामबाट नुन बिक्री वितरण गर्दै आएको छ । गोदाममा झण्डै तीन हजार क्विन्टल नुन मौज्दात छ ।