नेपालमा थप १०६६ जनामा कोरोना संक्रमण पुष्टि,थप १२ जनाको मृत्यु

काठमाडौं।नेपालमा थप १०६६ जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १ सय १३ पीसीआर परीक्षण गर्दा ८९८ जना र ३ हजार २५५ एन्टिजेन परीक्षण गर्दा १६८ गरी १ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

 

 

 

यस्तै आज, देशभर थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १४८ पुगेको छ।

 

 

शुक्रबार ९३८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १८ हजार ११५ सक्रिय संक्रमित रहेका छन्।

 

 

गत चौबीस घन्टामा १० हजार ११३ पीसीआर तथा ३ हजार २५५ एन्टिजेन परीक्षण भएको छ