बाजुरा काँग्रेसका युवा नेता भरत ब.रोकायाले जिल्ला कार्यसमित सचिवमा विजय गराउन सबैमा आग्रह

 

काठमाडाैं। नेपाली काङ्ग्रेस बाजुराका युवा नेता भरत बहादुर राेकायाले  १४ औं केन्द्रीय महाधिवेशनमा जिल्ला कार्यसमिति सचिवको लागि उम्मेदवारी घोषणा गरेका छन् । सबै नेता कार्यकताहरूलाइ आग्रह गर्दै राेकायाले आफुलाइ अत्यधिक बहुमतदिएर विजय गराउन सबैमा आग्रह समेत गरेका छन्।   

 

 

 

बाजुरा जिल्लाको सबै भन्दा दुर्गम स्वामीकार्तिक खापर गाउँपालिकाबाट राजनैतिक जिबन सुरु गरेका युवा नेता  भरत बहादुर राेकायले काँग्रेस बलियो बनाउन बिभिन्न काल खण्डमा योग्दान दिदै आएका छन् ।

 

 

 

समाज रुपान्तरण गर्न र राजनीतिकमा भएको फोहोरी खेलको अन्त्य गरि निष्ठा इमानदारी पूर्वक समाबेशी बैज्ञानिक समाज निर्माण गर्न आफुले जिल्ला कार्यसमिति सचिव पदमा उम्मेदवारी घाेषणा गरेकाे राेकायाले बाएका छन्।

 

 

 

त्यस्तै अन्यायमा परेका आवाज विहीन आम नागरिकहरुको लागि आवाज केन्द्रसम्म पुगाउन आफ्नो १४ औँ महाधिबेशनमा जिल्ला कार्यसमिति सचिवमा उम्मेद्धारी दिएको उनले बताए।

 

 

 

राजनैतिक कुनै पेशा नभएर सेवाको भाब बुझेर बाल्यकाल देखि नै राजनितिलाई सेवा भावको केन्दमा राखेर आएको र आगामी यात्रा पनि निरन्तर रानिति नै भएकोले यो पटक जिल्ला कार्यसमिति सचिवमा बाजुरा जिल्लाका जनताको सेवा गर्ने अवसर सबैले दिनेमा बिश्वस्त भएकाे राेकायाले बाताए।  

 

उँहाले गएकाे स्थानीय निर्वाचनमा स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्षमा पराजित हुनु भएकाे थिए भने उँहाले पराजित भए पनि गाउँपालिका भित्रका सबै गाउँवासीसँग राम्राे सम्बन्ध राख्नु भएकाे छ।  

 

 

राेकायाकाे जिल्लादेखि केन्द्रसम्मका सम्पूर्ण नेताकार्यकर्तासँग समधुर सम्बन्ध र सक्रियता रहदै आएको छ ।