कांग्रेसको १० जिल्लामा अधिवेशन सम्पन्न,पौडेल समूहको अग्रता

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत १० वटा जिल्ला अधिवेशनको अन्तिम परिणाम सार्वजनिक भएको छ । आजसम्म अधिवेशन सम्पन्न भएका १० जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको अग्रता दखिएको छ ।

 

 

१० जिल्ला सभापतिमध्ये ६ मा पौडेल समूह तथा चारमा सभापति शेरबहादुर देउवा पक्षका सभापतिले नेतृत्व हात पारेका छन् ।

 

 

पौडेल पक्षका जिल्ला सभापतिहरूमा रोमी गौचन थकाली ‘मुस्ताङ’, अम्मबहादुर शाही ‘कालीकोट’, केशरमान रोका ‘रुकुमपूर्व’, दीपक खड्का ‘संखुवासभा’, नन्दप्रसाद न्यौपाने ‘गोरखा’ र बर्मा लामा ‘दोलखा’ रहेका छन् ।

 

 

देउवा पक्षका जिल्ला सभापतिहरूमा शंकर गुरुङ ‘मनाङ’, मोहनविक्रम सिंह ‘हुम्ला’, गजेन्द्र तुम्याहाङ ‘ताप्लेजुङ’ र पूर्णबहादुर तामाङ ‘रामेछाप’ रहेका छन् । कांग्रेसले हिमाली जिल्लामा दशैँअघि नै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार बाँकी जिल्लामा अधिवेशन जारी छ।