गोकर्णेश्वरबाट जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ

काठमाडौं। गोकर्णेश्वर नगरपालिका ५ नयाँबस्ती डेरा गरी बस्ने मकवानपुर घर भएका ३४ वर्षीय असल बलको कोठामा तास खेलिरहेको अवस्थामा बल लगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

 

उनले आफ्नो कोठामा जुवातास खेलाइरहेको उजुरी पछि प्रहरीले उनीहरुलाई २ लाख ८२ हजार ५ सय रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

 

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।