भारी वर्षाका कारण बाढीपहिरोमा परी ८८ जनाको मृत्यु, कुन जिल्लामा कति(सूचि सहित)

सांकेतिक तस्विर

काठमाडौं। १२ वर्ष पछि परेको सुख्खा मौसमको पानीका कारण ८८ जनाको मृत्यु भएको छ । मनसुन सकिएपछि आएको भारी वर्षाका कारण बाढीपहिरोमा परी बुधबार थप ७२ सहित जम्मा मृत्यु हुनेको संख्या ८८ पुगेको प्रहरीले जनाएको छ ।

 

निरन्तर परेको पानीले सुदूरपश्चिम हुँदै बुधबार पूर्वतर्फ सर्दा पूर्वी ठुलो धनजनमा क्षति पुगेको हो ।

 

मृत्यु हुनेको संख्या 

पाँचथरमा २७

इलाममा १३

धनकुटामा ७

उदयपुरमा २

मोरङमा १

बझाङ ६

हुम्लामा ६

डोटीमा ५

कपिलवस्तु १

प्यूठान १

डडेलधुरा १

बैतडी १

कैलालीम १ जना