बाढीपहिरोले बझाङमा ९ जनाको मृत्यु, २१ जना बेपत्ता

काठमाडौं। सोमबार देखि परेको भारी वर्षाका कारण आएको बाढी–पहिरोमा परी बझाङमा नौ जनाले ज्यान गुमाएका छन् भने २१ जना अझै बेपत्ता छन् ।

 

 

 

मौसममा आएको सुधारसँगै सेना, प्रहरीले वेपत्ताको खोजीमा जुटेको प्रहरीले जनाएको छ । मंगलबार बिहान थलारा गाउँपालिका–४ डिक्लामा गएको पहिरोमा परी गगने सार्कीको एकै घरका १८ जना र नरे पार्कीको परिवारका पाँच जना बेपत्ता थिए ।

 

 

 

तीमध्ये दुई जनाको शव भेटिएको प्रहरीले जनाएको छ । बझाङको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका १ सय ४८ घरपरिवार विस्थापित भएका छन् भने सात घर पुरिएका छन् ।

 

 

खप्तडछान्ना गाँउपालिकामा बाढीपहिरोमा परी ६ जनाको मृत्यु भएको छ । डाँडाबाट पहिरो खसेर घर पुरिँदा खप्तडछान्ना, माझीगाँउका ४५ वर्षीय भर्मराज रोकाया र उनकी ४१ वर्षीया पत्नी जैसरा रोकाया, कालुखेतीका ४७ वर्षीय बिरु गिरी र उनकी ४५ वर्षीया पत्नी चन्द्रा गिरी तथा पाटादेवलका धनराज जोशीको मृत्यु भएको हो ।

 

 

 

एक जनाको पहिचान खुलेको छैन । छबिसपाथीभेरा गाँउपालिका–२ मुम्लामा खोलाले बगाउँदा १० वर्षीय बालकको मृत्यु भएको छ ।