क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलको स्वास्थ्यमा समस्या सिभिल अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा,नेपालका अध्यक्ष सीपी गजुरेलको स्वास्थ्यमा समस्या देखिएपछि आज अस्पताल भर्ना हुनुभएको छ ।

 

 

आज सोमबार बिहान एक्कासी बेहोस हुनुभएक नेता गजुरेललाइ सिभिल अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना गरिएको छ।

 

 

 

उहाँकाे प्रारम्भिक चेक जाँच गर्दा रिपोर्टहरु सामान्य आएको र अहिले स्वास्थ्यमा पनि धेरै सुधार आएकाे पार्टीका केन्द्रिय सदस्य तथा अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारी दिनु भएकाे छ। 

 

 

उहाँले भन्नु भयाे बेहोस हुनुको कारण स्पष्ट नभएकोले थप चेकजाँचका लागि भाेलीसम्म राख्नु पर्ने उपचारमा संलग्न चिकित्सकहरुको सल्लाह अनुसार आज अस्पतालमै राखिने जानकारी दिनुभयो ।

 

 त्यस्तै अध्यक्ष गजुरेलकाे स्वास्थ्यमा समस्या देखिएपछि देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले भोलि (मंगलबार)का लागि राखेकाे पत्रकार सम्मेलनको कार्यक्रम स्थगित गरिएको नेता गजुरेलले जाकारी दिनुभएकाे छ ।