नेपालमा थप ५३३ जना कोरोना संक्रमण पुष्टि,थप ९ जनाको मृत्यु

काठमाडौं। नेपालमा थप ५३३ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसा ११ हजार ६६४ ओटा नमुनाको परीक्षण गर्दा ५३३ जनामा संक्रमण पुष्टि भएको हो।

 

 

त्यस्तै पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४१६ पुगेको छ।

 

 

त्यस्तै आज ४९० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ३१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।