क्रान्तिकारी मओवादी निकट अखिल क्रान्तिकारीको वैचारिक तथा राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडाैं। नेकपा (क्रान्तिकारी मओवादी) निकट अखिल क्रान्तिकारी केन्द्रिय समितिले आज  वैचारिक तथा राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। 

 

 

काठमाडाैंकाे त्रिचन्द्र कलेजमा गरिएकाे कार्यक्रमकाे प्रमुख अथिति तथा  प्रमुख प्रशिक्षकमा नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेल हुनुहुन्थ्याे ।

 

त्यस्तै विशेष प्रशिक्षकमा पार्टीका केन्दीय सदस्य तथा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल रहनु भएकाे थियाे ।

 

 

 

साे कार्यक्रमकाे प्रशिक्षकमा ३ प्रदेश इन्चार्ज दिनेश शर्मा सागर , प्रदेश सेक्रेटरी शुरेश श्रेष्ठसहितका नेताहरूकाे उपस्थिति रहेकाे थियाे।  

 

त्यस्तै अखिल क्रान्तिकारी की उपाध्यक्ष शीलु न्यौपाने,महासचिव पेशल दाहाल र सचिव महेस श्रेष्ठलगायतका केन्द्रिय सदस्य तथा जिल्लाका विधार्थी नेता तथा कार्यकर्ताहरुकाे प्रशिक्षिण कार्यक्रममा बाक्कलाे उपस्थित रहेकाे उपाध्यक्ष शिलु न्यौपाने जानकारी दिनुभयो।

 

 

 

उक्त कार्यक्रमका प्रमुख अथिति तथा  प्रमुख प्रशिक्षक नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेले, विशेष प्रशिक्षक तथा संगठनका अध्यक्ष हरिकृष्ण गजुरेल,उपाध्यक्ष शिलु न्याैपाने,महासचिव पेशल दाहाललगायतका नेताहरूले नव प्रवेशीलाइ अभिर लगाएर स्वागत गर्नुभएकाे थियाे।

 

पार्टी तथा संगठनमा प्रवेश गर्नेहरूमा कालिकोट जिल्ला पचालझरना गापा वडा न २  का नेपाली काँग्रेस निकट तरुण दलका वडा अध्यक्ष राम बहादुर बिक, वडा नं. १ का माओवादी केन्द्र समर्थक बिपिन बिक ,नरेन्द्र बिक, राम बिक, गोबिन्द्र बिक ,पदम बिक वडा न ५ का धन बहादुर कुमाल र रास्कोट नपा वडा नं. ४ का मीन कामीलगायत विद्याथी नेताहरूले विभिन्न संगठन परित्याग गरि क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीमा प्रवेश गरेका छन्।