नेपालमा थप २३६ जना कोरोना संक्रमण पुष्टि, थप १ जनाको मृत्यु

काठमाडौं। नेपालमा थप २ सय ३६ जना कोरोना भाइरसका संक्रमण पुष्टि भएकाे छ।  

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ हजार १ सय ७८ जनामा गरिएको पिसिआर तथा एन्टिजेन परीक्षणमा २ सय ३६ जना संक्रमित थपिएका हुन्।

 

 

यसैगरी आज एकजना संक्रमितको मृत्यु भएको छ।

 

 

यस्तै आज ३ सय ७ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ५ हजार ८ सय ८३ जना सक्रिय संक्रमित रहेका छन्।