कांग्रेस महाधिवेशनमा उम्मेदवारी फिर्ताको समय एक घन्टा बढाइयो

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उम्मेदवारी फिर्ताको समय एक घन्टा बढाइएको छ ।

 

 

यसअघि आइतबार बिहान साढे ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको थियो । अब साढे १२ बजेसम्म उम्मेदवारी फिर्ताको समय थप गरिएको निर्वाचन समितिले जानकारी दिएको छ ।

 

 

 

उम्मेदवारी फिर्ता गर्न चाहनेको संख्या ठूलो भएकाले समय थप गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

 

 

 

दिउँसो १ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिले जनाएको छ ।