बेलायतमा कोराेनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र

एजेन्सी । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टाभन्दा बढी फैलिएको र त्यसबाट ठूलो मानवीय क्षेति हुने बेलायतका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

 

 

बेलायतमा पछिल्लो समयमा तीव्र संक्रमण बढेको र यही अवस्था रहेमा आगामी पाँच महिनाभित्र ७५ हजार मानिसको मृत्यु हुन सक्ने लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रोपिकल मेडिसियनका वैज्ञानिकले चेतावनी दिएका छन् ।

 

 

 

पछिल्लो २४ घन्टामा बेलायतमा एकै दिन ५८ हजार ५ सय संक्रमित भेटिएका छन् । यो संक्रमण दर जनवरी पछिकै ठूलो हो । संक्रमितमध्ये कति जनलाई ओमिक्रोन देखिएको छ भन्ने बारेमा केही खुलाइएको छैन् ।

 

 

 

वैज्ञानिकहरुका अनुसार अप्रिलको अन्त्यसम्ममा करिव पाँच लाख बेलायती कोभिडजन्य समस्याका कारण अस्पताल भर्ना हुनुपर्नेछ ।