क्रान्तिकारी माओवादीसहितका विभिन्‍न राजनितिक दल तथा संगठनहरूले गरे एमसीसीको कार्यालय घेराउ

काठमाडौँ । एमसीसीको विरोधमा नेकपा (क्रान्तिकारी माओवादी),देशभक्त जनगणत्नातिक मार्चा नेपाल, नेत्र विक्रमचन्द नेतृत्वको नेकपा,नेकपा (माले), वैज्ञानिक समाजवादी पार्टीसहितका विभिन्‍न आठ राजनितिक दल तथा संगठनहरूले आज नेपालस्थित (एमसीए) को कार्यालय घेराउ गरेका छन् ।

 

 

एमसीएकाे कार्यलय दरबारमार्ग अगाडी नाराजुलुससहित नाे एमसीसी लेखेका प्यलेटहरू बाेकेर नारा जुलुससहित विराेध कार्यक्रम भएकाे थियाे। 

 

एमसीएकाे कार्यलय घेराउपछि आयोजित कोणसभामा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसीसी भनेको जनताको टाउकोमाथि तेस्र्याइएको तरबार भएको बताएका छन् ।

 

 

 

उनले एमसीसी खारेज गर्न सबै नेपाली जनताले चाहेको भन्दै सो सम्झौता खारेज नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए । नेता गजुरेलले एमसीसीको विरोधमा भोली (मंगलबार) संसद् भवन घेराउ गर्ने घोषणा पनि गरेका छन् ।

 

 

त्यस्तै कार्यक्रममा नेता धर्मेन्द्र बास्तोलाले नेपालका लागि एमसीसी खतरनाक भएकोले खोरज हुनुपर्ने बताए । उनले भारतमा बजार विस्तार र चीनलाई भाँड्नका लागि अमेरिकाले नेपालमा एमसीसी ल्याएको आरोप समेत लगाए ।

 

उनले एमसीसी पास भएमा नेपाली सेना, पुलिस, कर्मचारीहरु एक अमेरिकी अधिकारीको इसारामा चल्नुपर्ने बाध्यता सिर्जना हुने दाबी समेत गरे ।

 

 

त्यस्तै नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रिय सदस्य हरिकृष्ण गजुरेलसहितका नेताहरूकाे पनि उपस्थिति रहेकाे छ।