एमसीसीविरुद्धको आन्दोलनमा प्रहरीद्वारा अन्धाधुन्ध लाठीचार्ज,हरिकृष्ण गजुरेलसहितका दर्जनौं घाइते

काठमाडौँ। नेकपा (क्रान्तिकारी माओवादी),विप्लव नेतृत्वको नेकपासहितका आठ राजनीतिक पार्टी र मोर्चाले आज एमसीसीको चरणबद्ध आन्दोलनकाे क्रममा बानेश्वरस्थित संसदभवन घेर्ने कार्यक्रममा रहेको थियाे।   

 

 

काठमाडौँको बानेश्वरस्थित संसदभवनकाे तीन वटा गेटबाट एकै साथ सुरु भएको विरोध प्रदर्शनसहितको र्याली संसद भवन घेराउ गर्न पुगेकाे थिए। 

त्यस्तै मध्यबानेश्वरबाट जुलुस सुरु भई बानेश्वरस्थित संसदभवन पुग्ने र्यालीको नेतृत्व नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रिय सदस्य,देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रिय सचिवालय सदस्य तथा अखिल (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेल,नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला कञ्चन, नेकपा अध्यक्ष ऋषि कट्टेल लगायतका नेताहरूले नेतृत्व गरेका थिए ।

 

 त्यसैगरी मिनभवनबाट सुरु भएको जुलुसको नेतृत्व नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेल, वैज्ञानिक समाजवादीका आहुती र नेपाल कम्युनिष्ट पार्टीका नेता नविन लगायतले नेतृत्व गरेका थिए ।

 

एमसीसी विरुद्धको प्रदर्शनसहितको सबै जुलुस बानेश्वारस्थित संसदभवन नजिक पुगेकाे थियाे । यसैबिच मध्यबानेश्वरबाट संसदभवनको ३ नम्बर गेट नजिक पुगेको जुलुसमाथि प्रहरीले हस्तक्षेप गरेको थियाे ।

 

राष्ट्रघाती एमसीसी विरुद्धको प्रदर्शनबाट प्रहरीले हस्तक्षेप गरेर गिरफ्तार गर्ने क्रममा घाइते हुनेमा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रिय सदस्य तथा अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल,नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य गगन, अखिल (क्रान्तिकारी)का सचिव महेश श्रेष्ठ, अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष प्रा.डा. जगदिश चन्द्र भण्डारी, शोभा सेन्चुरीसहित दर्जनौं नेताहरूलाइ अन्धाधुन्ध लाठिचार्ज गर्दा घाइते भएका थिए। 

 

 

त्यस्तै क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका महासचिव परि थापा, क्रान्तिकारी माओवादीका पीवीएम दिनेश शर्मा सागर, अनेजमहासंघका अध्यक्ष डा.भण्डारी, क्रान्तिकारी युवा लिगका अध्यक्ष अमीर महर्जन, अनेमसंघ (क्रान्तिकरी)की महासचिव शारदा महत, दलित मुक्ति मोर्चाका संयोजक टेक विक लगायतका नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।

 

त्यसैगरी गिरफ्तारीमा पर्नेहरुमा क्रान्तिकारी माओवादीका ललितपुर सेक्रेटरी श्याम केसी,शोभा सेन्चुरी, अर्जुनलाल श्रेष्ठ, निरन तुलाधर, केशव ढलकोटी, शेखर आचार्य,विजय लामा, राजन श्रेष्ठ, नृग नवीनलगाएतकालाई बानेश्वर प्रहरी चौकीमा राखिएको छ । प्रदर्शनमा प्रहरीले अन्धाधुन्ध लाठिचार्ज र गिरफ्तारी गरेको थियो।