एमसीसी विरुद्ध संसद घेराउ गर्ने क्रममा गिरफ्तार भएका रिहा

काठमाडौं। एमसीसी विरुद्ध नेकपा क्रान्तिकारी माओवादी,विप्लव नेकपालगायत ८ राजनीतिक पार्टी तथा मोर्चाले घोषणा गरेको संसद घेराउ कार्यक्रमबाट गिरफ्तार भएका ७५ जना अहिले रिहा भएका छन् ।

 

 

एमसीसी विरुद्धकाे संयुक्त आन्दोलनको क्रममा गिरफ्तार गरिएका  क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका महासचिव परि थापा , नेकपा (क्रान्तिकारी माओवादी) का पीवीएम दिने शर्मा सागर, केन्द्रिय सदस्य तथा अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेल लगायतका ७५ जना नेताहरू रिहा भएका छन् ।

 

 

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओम प्रकाश पुन, अखिल नेपाल किसान क्रान्तिकारी महासंघका अध्यक्ष हरि श्रेष्ठ, युवा संगठन नेपालका महासचिव विदुशीलगायत रिहा भएका छन्।